अमेरिकामा मिल्टन आँधीको असर « Khabarhub

अमेरिकामा मिल्टन आँधीको असर


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन आँधीको असर देखिएको छ । क्याटगोरी ५ को रूपमा रहेको सो आँधी फ्लोरिडा तर्फ उन्मुख छ । 

धेरैले यो भन्दा पहिले कहिले पनि यस खालको आँधी नदेखेको बताएका छन् । २७० किलो मिटर प्रतिघण्टाको गतिको अघि बढी रहेको सो आँधीले धेरैको ज्यान लिन सक्ने चेतावनी दिइएको छ । 

फ्लोरिडाको पश्चिमी भागमा १० देखि १५ इन्चसम्मको उचाइको पानी तथा पूर्वी भागमा ८ देखि १इ इन्चसम्म बढ्ने अनुमान गरिएको छ । यो वर्षा र आँधीबाट बच्नका लागि अमेरिकाले १० देखि १५ वर्ष तयारी रहेको फ्लोरिडाका मेयर जेरी एल डेमिङ्गाले बताए । यस आँधीको शक्ति अबको ३६ घण्टामा कम हुँदै गए पनि यसले धरै स्थान ढाक्ने र यो फैलिँदो क्रममा रहने जनाइएको छ । 

फ्लोरिडाका मौसम विद्हरूले जनाए अनुसार फ्लोरिडाको टाम्पाको ४८० माइल दक्षिण पश्चिममा छ । अहिले यसको गति घटी रहेको छ । फ्लोरिडाको पुरै प्रायद्वीपमा यसले असर गर्ने छ । सबै जनालाई सतर्क हुन त्यहाँको सरकारले भनी सकेको छ । फ्लोरिडामा बसोबास गरी रहेको प्युरेटिकाका केही बासिन्दा अहिले आफ्नै स्थानमा फर्किएका छन् ।

यसै मिल्टन आँधी आउने थाहा भए पनि फ्लोरिडा सरकारले ४६०० जना कैदीलाई जेलबाट बाहिर पठाइ दिएको छ । अहिले धेरै मनोरञ्जन स्थलहरू बन्द गरिएका छन् । मंगलबार एयरलाइन्सले फ्लोरिडामा थप सेवा सञ्चालन गरे । फ्लोरिडा छाड्न चाहनेका लागि सहयोग गर्नका लागि त्यो सुविधा दिइएको थियो । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ५ : ३७ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद