चार लाख प्यालेस्टिनी उत्तरी गाजामा फसेको युएनआरडब्लुएको भनाई « Khabarhub

चार लाख प्यालेस्टिनी उत्तरी गाजामा फसेको युएनआरडब्लुएको भनाई


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गाजा– उत्तरी गाजा पट्टीमा कम्तिमा चार लाख मानिस फसेको निकट पूर्वमा प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले बुधबार बताएका छन्।  

पछिल्लो समय इजरायली अधिकारीहरूले जारी गरेको निकासी आदेशले मानिसहरूलाई विशेष गरी जबलिया क्याम्पबाट बारम्बार भाग्न बाध्य पारेको उहाँले उल्लेख गरेका छन् । गाजाको कुनै पनि ठाउँ  आफूहरूका लागि सुरक्षित छैन भन्ने थाहा पाएका प्रभावितहरूले आदेशको अस्वीकार गरिरहेको लाजारिनीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।  

उनका अनुसार कुनै आधारभूत आपूर्ति उपलब्ध नभएको कारण भोकमरी तथा रोगको  सङ्क्रमण फैलिरहेको छ  । 

युएनआरडब्लुए आयुक्तले युएनआरडब्लुए आश्रय र सेवाहरू बन्द गर्न बाध्य भइरहेको खुलासा गर्दै युद्ध सुरु भएपछि पहिलो पटक यस्तो अवस्था आएको उल्लेख गरेका छन् ।  

निरन्तरको इजरायली हमलाले गाजामा पोलियो खोप अभियानको दोस्रो चरणको कार्यान्वयनलाई समेत खतरामा पारेको  लाजारिनीले जनाएका छन्  । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : ३४ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको