अन्तर्राष्ट्रिय

चार लाख प्यालेस्टिनी उत्तरी गाजामा फसेको युएनआरडब्लुएको भनाई

By खबरहब

October 09, 2024

गाजा– उत्तरी गाजा पट्टीमा कम्तिमा चार लाख मानिस फसेको निकट पूर्वमा प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले बुधबार बताएका छन्।  

पछिल्लो समय इजरायली अधिकारीहरूले जारी गरेको निकासी आदेशले मानिसहरूलाई विशेष गरी जबलिया क्याम्पबाट बारम्बार भाग्न बाध्य पारेको उहाँले उल्लेख गरेका छन् । गाजाको कुनै पनि ठाउँ  आफूहरूका लागि सुरक्षित छैन भन्ने थाहा पाएका प्रभावितहरूले आदेशको अस्वीकार गरिरहेको लाजारिनीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।  

उनका अनुसार कुनै आधारभूत आपूर्ति उपलब्ध नभएको कारण भोकमरी तथा रोगको  सङ्क्रमण फैलिरहेको छ  । 

युएनआरडब्लुए आयुक्तले युएनआरडब्लुए आश्रय र सेवाहरू बन्द गर्न बाध्य भइरहेको खुलासा गर्दै युद्ध सुरु भएपछि पहिलो पटक यस्तो अवस्था आएको उल्लेख गरेका छन् ।  

निरन्तरको इजरायली हमलाले गाजामा पोलियो खोप अभियानको दोस्रो चरणको कार्यान्वयनलाई समेत खतरामा पारेको  लाजारिनीले जनाएका छन्  ।