भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो « Khabarhub

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

भक्तपुरभक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् । फूलपातीदेखि विजया दशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा आज फूलपाती भित्र्याइएको हो ।     

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै नगरपालिकाले आजैदेखि सार्वजनिक बिदा दिएको थियो । नयाँ तालिकानुसार भक्तपुरमा यसवर्षको दसैँको फूलपाती आज बिहान ७ः३४ को शुभसाइतमा गर्ने र दिनभर फूलपाती भित्र्याएपछि घरघरमा मासु भित्र्याउने र साँझ भोज खाने परम्परा छ । 

यहाँका नेवाः समुदायले आज बिहान ७ः३४ बजेदेखि सप्तमी अर्थात फूलपाती मनाउने, आश्विन २४ गते बिहीबार बिहान ७ः२७ बजेदेखि अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार बिहान ६ः५२ बजेदेखि महानवमी पूजा (स्याक्व् त्याक्व्), (ताँःपूजा) गर्ने र आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरी टीका ग्रहण गर्ने निर्णय गरेको हो ।    

भक्तपुर तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायत स्थानीय पूजारीहरूले विज्ञप्ति जारी गरी  असोज २३ गते फूलपाती मनाउने निर्णय गरेको थियो । तलेजुका मूल नाइके, पूजारी एवं सरोकारवाला व्यक्तिले उक्त निर्णय सार्वजनिक गरेपछि भक्तपुरवासीले आज फूलपाती भित्र्याएका हुन् । 

नगरप्रमुख प्रजापतिले भक्तपुर तलेजुका पुजारी एवं तान्त्रिक ज्योतिषहरुको अध्ययनबाट प्राप्त विषयलाई आधार मानेर आज फूलपाती मनाउन आह्वान गरेको बताए। स्थानीय व्यासी निवासी एवं पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले नेवारी परम्पराअनुसार आज फूलपाती भित्र्याएर कुछी भोज सुरु गरेको बताए।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने विसं २०८१ को दसैँ असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७ः११ बजे, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८ः३३ बजे देवी विसर्जन र टीका लगाउने उत्तम साइत ११ः३६ बजे रहेको तालिका समितिले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ७ : ५४ बजे

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६