पुटिन र अफ्रिकी देशका विदेशमन्त्रीबीच किन हुँदैछ बैठक ? « Khabarhub

पुटिन र अफ्रिकी देशका विदेशमन्त्रीबीच किन हुँदैछ बैठक ?


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अफ्रिकी मुलुकका विदेशमन्त्रीहरूसँग आज (शनिबार) देखि दुई दिने बैठक बस्दैछन्‌ । पुटिनले अफ्रिकाका सबै विदेशमन्त्रीलाई रूसी शहर सोचीमा बोलाएका हुन्‌ ।

सोचीको रूसी ब्लकमा सी रिसोर्टमा हुँदै गरेको बैठकको उद्देश्य मस्कोसँग राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध विस्तार गर्ने तथा अफ्रिकी क्षेत्रमा पश्चिमी प्रभावविरुद्ध लड्नु रहेको बताइएको छ ।

रूसी राष्ट्रपति पुटिनले पनि अफ्रिकामा आफ्नो प्रभाव बढाउन केही देशमा परमाणु ऊर्जा स्टेशन बनाइदिने आश्वासन दिएका छन्‌ ।

‘सैन्य कू’ पश्चात्‌ अफ्रिकाका नाइजर, माली र बुर्किना फासोका सैनिक शासकहरूले फ्रान्ससँग सम्बन्ध तोडेका छन्‌ । ती शासकहरूले आवश्यक सुरक्षा सहायताका लागि रूसलाई आग्रह गर्ने गरेका छन्‌ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १ : ३७ बजे

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)