सामसनको शानदार सत्तकमा दक्षिण अफ्रिकामाथि भारतको जित « Khabarhub

सामसनको शानदार सत्तकमा दक्षिण अफ्रिकामाथि भारतको जित


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिका- सञ्जु सामसानको सत्तकको सहयोगमा भारतले दक्षिण अफ्रिकामा जारी टी-२० शृङ्खलाको पहिलो खेलमा जित हात पारेको छ ।

शुक्रवार भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिका भारतसँग ६१ रनले पराजित भयो भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १४१ रनमा सीमित भयो ।

दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जेले ११ बलमा २३ रन जोड्नु बाहेक अन्य कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । रेयन रिकिल्टनले ११ बलमा २१ रन जोडे । भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २५ रन खर्चेर ३ तथा रवि विस्नोइले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अभेष खानले २.५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा २०८ रनको योगफल खडा गरेको हो । भारतका लागि सामसनले ५९ बलमा १०७ रन जोडे ।

उनको पारीमा ७ चौका र १० छक्का थियो । खेल जीवनको दोस्रो टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका सामसनको सो पारी बिर्सन नसकिने किसिमको थियो ।

किङ्समेडमा उनले बनाएको शतक कुनै पनि भारतीय ब्याट्सम्यानले दक्षिण अफ्रिकाविरुद्धको सबै भन्दा छिटो शतक हो । सामसनले कुल ८८ रन बलललाई बाउन्ड्री पार गराएर जोडेका थिए । उनले कप्तान सूर्य कुमार यादवसँग मिलेर ३७ बलमा ६६ रनको साझेदारी गरेका थिए भने तिलक बर्मासँग ३४ बलमा ७७ रनको साझेदारी गरे ।

१७ औँ ओभरमा सामसन आउट भएपछि भारतले बाँकी २० बलमा २८ रन जोड्दै ४ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ०४ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत