सामसनको शानदार सत्तकमा दक्षिण अफ्रिकामाथि भारतको जित « Khabarhub

सामसनको शानदार सत्तकमा दक्षिण अफ्रिकामाथि भारतको जित


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिका- सञ्जु सामसानको सत्तकको सहयोगमा भारतले दक्षिण अफ्रिकामा जारी टी-२० शृङ्खलाको पहिलो खेलमा जित हात पारेको छ ।

शुक्रवार भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिका भारतसँग ६१ रनले पराजित भयो भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १४१ रनमा सीमित भयो ।

दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जेले ११ बलमा २३ रन जोड्नु बाहेक अन्य कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । रेयन रिकिल्टनले ११ बलमा २१ रन जोडे । भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २५ रन खर्चेर ३ तथा रवि विस्नोइले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अभेष खानले २.५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा २०८ रनको योगफल खडा गरेको हो । भारतका लागि सामसनले ५९ बलमा १०७ रन जोडे ।

उनको पारीमा ७ चौका र १० छक्का थियो । खेल जीवनको दोस्रो टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका सामसनको सो पारी बिर्सन नसकिने किसिमको थियो ।

किङ्समेडमा उनले बनाएको शतक कुनै पनि भारतीय ब्याट्सम्यानले दक्षिण अफ्रिकाविरुद्धको सबै भन्दा छिटो शतक हो । सामसनले कुल ८८ रन बलललाई बाउन्ड्री पार गराएर जोडेका थिए । उनले कप्तान सूर्य कुमार यादवसँग मिलेर ३७ बलमा ६६ रनको साझेदारी गरेका थिए भने तिलक बर्मासँग ३४ बलमा ७७ रनको साझेदारी गरे ।

१७ औँ ओभरमा सामसन आउट भएपछि भारतले बाँकी २० बलमा २८ रन जोड्दै ४ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ०४ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ