भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग « Khabarhub

भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचारका लागि सहयोग गरिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख रुपैयाँ क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।

घोराही–१० नारायणपुरकी थापा स्तन क्यान्सर रोगका कारण बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत छिन् ।

बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट सङ्कलन गरिएको रकम सहयोग गरिएको सो क्लबका अध्यक्ष आशिष पुनले बताए । भैलोबाट सङ्कलित रकम प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउने गरेको उनको भनाइ छ ।

गत वर्ष भैलोबाट सङ्कलन गरिएको एक लाख बराबराका सामग्री क्लबले घोराही–१० मा रहेको सेवाघर, वडा नम्बर १६ मा रहेको वृद्धाश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरलाई सहयोग गरेको थियो ।

क्लबले बिरामी थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उनको उपचारमा ४३ लाख रुपैयाँ लाग्ने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण थापाको उपचारमा समस्या भइरहेको क्लबका अध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ३७ बजे

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय