माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गाउँपालिकाको चराङ र घमीमा सञ्चालन गरिएको शिविरमा करिब चार सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा चीनबाट आएका चिकित्सकसहित आधुनिक चिकित्सा पद्धति र परम्परागत सोवारिग्पा उपचार पद्धतिका १६ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए भने बिरामीलाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा. नीमाछिरिङ नेपालीले जानकारी दिइन् ।

विगत ६ वर्षदेखि देशका विभिन्न हिमाली जिल्लामा बसोबास गर्ने बासिन्दालाई लक्षित गरी चीनबाट समेत चिकित्सक झिकाएर बिरामीको निःशुल्क स्वाथ्य परीक्षण तथा दीर्घरोगीलाई औषधि वितरण गर्ने गरिएको र यसबाट दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउन मद्दत पुगेको अरनिको समाजका कोषाध्यक्ष डा. सुशील प्रजापतिले बताए ।

उनका अनुसार समाजको अग्रसरतामा यसअघि रसुवा, मुस्ताङ, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ८ : ४६ बजे

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली