यु–१९ महिला विश्वकप : युएईविरुद्ध नेपाल बलिङमा | Khabarhub Khabarhub

यु–१९ महिला विश्वकप : युएईविरुद्ध नेपाल बलिङमा


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल र युएई खेलिरहेका छन् । युएईको अजमानमा टस जितेर घरेलु टोली युएईले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपाल ६७ रनले विजयी भएको थियो। दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको नेपाल तेस्रो खेलमा पनि उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । यस्तै, युएईले पहिलो खेलमा कुवेत र दोस्रो खेलमा थाइल्याण्डलाई हराएको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपालसहित, आयोजक युएई, कुवेत र थाइल्याण्ड सहभागि छन् ।

नेपालको चौथो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ११ : ३७ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक