यु–१९ महिला विश्वकप : युएईविरुद्ध नेपाल बलिङमा « Khabarhub

यु–१९ महिला विश्वकप : युएईविरुद्ध नेपाल बलिङमा


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल र युएई खेलिरहेका छन् । युएईको अजमानमा टस जितेर घरेलु टोली युएईले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपाल ६७ रनले विजयी भएको थियो। दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको नेपाल तेस्रो खेलमा पनि उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । यस्तै, युएईले पहिलो खेलमा कुवेत र दोस्रो खेलमा थाइल्याण्डलाई हराएको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपालसहित, आयोजक युएई, कुवेत र थाइल्याण्ड सहभागि छन् ।

नेपालको चौथो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ११ : ३७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।