गौघाट ग्रीन रनको उपाधि विजय र विनिशालाई « Khabarhub

गौघाट ग्रीन रनको उपाधि विजय र विनिशालाई


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बाँके– पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविकी विनिशा एलजीले उपाधि जितेका छन् ।

शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए ।

धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ‘दस वर्षमा दस इभेन्ट’ अन्तर्गत खजुराको गौघाटमा ग्रीन रन आयोजना गरिएको हो ।

दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडासदस्य लक्ष्य बहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।

जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी संकटका बारेमा विद्यार्थीलाई दौडमार्फत जागरण फैलाउन दौड आयोजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ११ : ५८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस