ट्रम्पको जितले आप्रवासीमा त्रास « Khabarhub

ट्रम्पको जितले आप्रवासीमा त्रास


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी राष्ट्रपति पदमा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए पछि यसले त्यहाँ रहेका अवैध आप्रवासीका मनमा त्रास उत्पन्न हुन थालेको छ । डोनाल्ड ट्रम्पले कागजात नपुगेका आप्रवासीलाई सामूहिक रुपमा डिपोर्ट गराउने बताएका छन् ।

अहिले अमेरिकामा १ करो १० लाख अवैध आप्रवासी रहेको जनाइएको छ । सन् २००५ देखि यो तथ्यांक यथावत छ ।

यसै मध्येकी एक बोलिभियाबाट त्यहाँ पुगेकी गाब्रियला पनि हुन् । तस्करहरूको कारमा पछाडि बस्दै उनी त्यहाँ पुगेकी थिइन् । पूर्वी तटीय क्षेत्रमा क्लिनरको रुपमा काम गर्ने उनी अहिले आत्तिएकी छिन् ।

यसैबिच संसदका पूर्व सभामुख तथा डेमोक्र्याट नेत्री नान्सी पेलोसीले अमेरिकी निर्वाचनमा जो बाइडेनले पहिले नै मैदान छाडेका भए यस धेरै विषयमा फरक पार्न सक्ने बताएकी छिन् ।

न्यूयोर्क टाइम्ससँगको अन्तरवार्ताको क्रममा उनले यदी बाइडेनले पहिले नै आफू न उठ्ने कुराको जानकारी गराएको भए अन्य कोही उम्मेदवारले धेरै पहिले नै तयारी गर्ने मौका पाउने उनको आशय थियो ।

त्यसो त बाइडेनले आफ्नो उम्मेदवारी त्याग गरे पछि हतारमा उप राष्ट्रपति कमला ह्यारिसको पक्षमा आवज उठाउनु नै गलत भएको उनको मत छ । उनको मतमा तल्लो तहमा दावी गर्ने कसैलाई उम्मेदवार बनाउन पहल गर्नु पर्ने थियो । 

अन्य डेमोक्र्याटले भने ह्यारिसको हारको कारण बाइडेन भएको आरोप लगाइरहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : ०५ बजे

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई