कानुनविपरीत काम गर्ने सबै अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा  « Khabarhub

कानुनविपरीत काम गर्ने सबै अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा 


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनविपरीत कार्य गर्ने सबै कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । 

‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने’ कानुनी शासनको मान्यता स्मरण गर्दै उनले यस्तो बताएका हुन् । 

जन्म जयन्तीको अवसरमा कांग्रेसका संस्थापकमध्येका एक स्व. गणेशमान सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थापाले फेसकुबमा लेखको छन्, ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ ।’ 

गल्ती गर्नेले सजाय भोग्नुपर्ने, सबै कानुनी दायरामा आउनुपर्ने र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्नेमा महामन्त्री थापाले जोड दिएका छन् ।

‘कुनै पनि व्यक्तिलाई राज्यले ‘सेलेक्टिभ’ ढंगले हेर्न पाइँदैन । यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो,’ उनले लेखेका छन्, ‘म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन ।’

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  २ : ०० बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा