तिहारमा सेलरोटी बिक्री गरेर एक लाख आम्दानी « Khabarhub

तिहारमा सेलरोटी बिक्री गरेर एक लाख आम्दानी


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

राँझानेपालगञ्ज–१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् । उनले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आएकी छन् । उनले भनिन्, ‘म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन् ।’

दैनिक रुपमा मागअनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री गर्ने गरेको उनले बताइन्। अन्य समयमाभन्दा दसैँ तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ । 

‘अन्य बेलाभन्दा दसैँतिहारलगायत चाडपर्व र कार्यक्रममा सेलरोटीको माग बढी हुने गरेको छ’, उनले भनिन्, ‘सेलरोटीका लागि अहिले नेपालगञ्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाटसमेत माग भइरहेको छ ।’

केही समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक कुवेत गएर फर्किएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन् ।

गुरुङले यो तिहारमा लागि झिनिया (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेको बताइन्। 

‘मैले प्रत्येक वर्ष तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहक यहीँ आउनुहुन्छ’, गुरुङले भनिन्, ‘एकपटक आएका ग्राहक बारम्बार आउने गर्नुभएको छ ।’

यो वर्षको तिहारमा झिनिया (सिन्कामारी) रोटी प्रतिगोटा ३०, फिनीरोटी प्रतिगोटा रु ४०, सेलरोटी प्रतिगोटा रु ३० र बतासा रोटी प्रतिगोटा रु १५ मा बिक्री गर्ने गरेको गुरुङले बताइन्। सिजनको समयको रोटी व्यवसायले राम्रो आम्दानी हुनुका साथै घरखर्च गर्न निकै सहज भएको उनको भनाइ छ । 

‘म केही वर्षअघि रोजगारीका लागि विदेशसमेत गएर फर्के, विदेशमा काम गर्न अत्यन्तै गाह्रो हुँदोरहेछ, आफूले सोंचेको र भनेको जस्तो नहुँदो रहेछ’, गुरुङले भनिन्, ‘विदेशमा दुःख पाउनुभन्दा बरु आफ्नै देशमा फर्केर सानोतिनो भए पनि केही काम गर्छु भनेर नेपाल फर्के, यहाँ अहिले आफ्नै मेहनतले राम्रै आम्दानी भएको छ ।’

विदेशबाट फर्केर खोलेको खाजा नास्ता पसलसँगै सेलरोटी बनाउने उद्यमले अहिले रिताले आफ्नो घरपरिवार पाल्नेदेखि छोराछोरीको पढाई खर्च जुटाएकी छन् । 

‘खाजा नास्तासँगै चाडबाडमा त्यसमा पनि तिहारका बेलामा रोटी बिक्रीबाट राम्रो आम्दानी पनि भइरहेको छ, अहिले त अर्डर पुर्‍याउन पनि गाह्रो भइरहेको छ, बिहानैदेखि रातिसम्म रोटी बनाउन भ्याइनभ्याइ छ’, उनले भनिन्, ‘यो तिहारमा राम्रै बिक्री भयो, ठ्याक्कै हिसाब त गरेको छैन तर एक लाखभन्दा धेरै नै आम्दानी भयो ।’

रोजगारीका लागि भौँतारिएर ठूलो रकम खर्च गरेर विदेश जानुभन्दा सानोतिनो लगानीमा स्वदेशमै केही उद्यम व्यवसाय गर्नसके विस्तारै राम्रो आम्दानी हुने उनको भनाइ छ । उनको सेलरोटी पसलमा ग्राहकको बिहानैदेखि खचाखच हुने गरेको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  २ : २० बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर