कोशीको मन्त्रीबाट राजीनामा दिएका अधिकारी पार्टीद्वारा निलम्बित « Khabarhub

कोशीको मन्त्रीबाट राजीनामा दिएका अधिकारी पार्टीद्वारा निलम्बित


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्तारुढ नेकपा (एमाले)ले मानव तस्करी आरोपमा मुछिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका लीलाबल्लब अधिकारीलाई निलम्बन गरेको छ । 

एमाले कोशी प्रदेश कमिटीले शनिबार उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा एमालेको संगठित सदस्यताबाट समेत निलम्बन गरेको हो ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले मानव तस्करीको गम्भीर आरोपको अन्तिम निरुपण नभएसम्मका लागि मोरङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जानकारी दिए । 

उनले विज्ञप्ति जारी गर्दै घटनाको शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न सरकारसँग माग पनि गरेका छन् ।

अधिकारी केही दिनअघि वैदेशिक भ्रमणसम्बन्धी आवश्यक मापदण्ड तथा प्रक्रियाको वेवास्ता गर्दै पदीय मर्यादाविपरीत जापान भ्रमणमा गएका थिए । जापान जाने क्रममा उनले अन्य व्यक्तिलाई नक्कली परिचयपत्र बनाएर लगेको खुलेको छ ।

अधिकारीविरुद्ध प्रहरीले पनि मानव तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ । अधिकारीलाई निलम्बन गर्न एमालेलाई पार्टीभित्र र सार्वजनिक वृत्तबाट व्यापक दबाब परिरहेको थियो ।

यो पनि –

मानव तस्करसँग कोशीका मन्त्रीको उठबस : जापान जानेले १० देखि १३ लाख बुझाएको खुलासा

कोशीका मन्त्री अधिकारीको राजीनामा, स्वीकृतिबिनै पुगेका थिए जापान

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ३ : ०४ बजे

मौसम विभागले भन्यो- यसवर्ष सरदरभन्दा कम वर्षा हुने भएपनि बाढी जोखिम कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ

संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ? 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल

प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौं– सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान