मन्त्री गुरुङले गरे तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन उद्‌घाटन « Khabarhub

मन्त्री गुरुङले गरे तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन उद्‌घाटन


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा आजदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्‌घाटन गरेका छन् । 

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको मन्त्री गुरुङले उद्‌घाटन गरेका हुन् । महाधिवेशन उद्‌घाटन समारोह अगाडि दमौलीमा जातीय वेषभूषासहित सांस्कृतिक झाँकी निकालिएको थियो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा पाँच सय प्रतिनिधिसहित एक हजार पाँच सय जनाको सहभागिता छ ।

तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले विसं २०५२ माघ २६ गते स्थापना भएको राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले बताए। यसअघि विसं २०७९ मा धींको सम्मेलन काठमाडौँमा भएको थियो । 

संयोजक तमुले भने, ‘सम्पूर्ण विद्यार्थी सङ्गठनसँग पारस्परिक सहयोग, सद्भाव र मैत्रीपूर्ण साझेदारी कायम राख्नु, जातीय स्वशासन, राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक पहुँच एवं न्यायिक समतामूलक समाज निर्माणमा सहकार्य गर्नु, तमु जातिको मुक्ति, तमुवान प्रदेश प्राप्ति गर्न तमु विद्यार्थीबीच भावनात्मक एकता, पारस्परिक सहयोग स्थापना गर्ने संस्थाको प्रमुख उद्देश्य हो ।’

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ३ : ३८ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव