सर्वदलीय बैठक बुधबार हुँदै « Khabarhub

सर्वदलीय बैठक बुधबार हुँदै


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १ बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको  सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २  बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २ बजे हुँदैछ ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : २८ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको