गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु « Khabarhub

गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजामा शनिबार भएको इजरायली हमलामा १४ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार मृत्यु हुनेमा आधिकांश महिला तथा बालबालिका रहेका छन् ।  

खान युनिसको दक्षिणी क्षेत्र स्थित विस्थापित प्यालेस्टिनीको निवासमा भएको हमलामा उनीहरुको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताएका छन् ।  

प्यालेस्टिनी मानव अधिकारवादी संस्था रेड क्रिसेन्टले आक्रमणमा घाइते भएका ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको पुष्टि गरेको छ ।

गाजाको अल–तुफाह जिल्ला स्थित हजारौं विस्थापितको आश्रय स्थल फहद अल–सबाह स्कूलमा भएको इजरायली आक्रमणमा बच्चासहित पाँच जनाको मृत्यु  हुनुका साथै करिब २२ जना घाइते भएको बासलले जनाएका छन् । उनले  घाइतेहरूलाई अल–अहली अरब अस्पतालमा लगिएको बताएका छन् ।   

यसैबीच, इजरायली सेनाले उत्तरी गाजाको जबालिया क्षेत्रमा दर्जनौँ आतंककारीको मृत्यु भएको जनाएको छ भने रफाहमा धेरै लडाकुहरूको मृत्यु भएको जनाएको छ । 

सेना हाल लेबनानमा हिजबुल्लाह र गाजामा हमाससँग लडिरहेका सैनिकहरूसँग दुई मोर्चाको युद्धमा संलग्न छ । पछिल्लो आक्रमणमा सनाले लेबनान र गाजामा ५० भन्दा बढी आतंककारी लक्ष्यहरूमा आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । आक्रमण सैन्य संरचना, हतियार भण्डारणलगायतका क्षेत्र लक्षित रहेको विज्ञप्तिमा जनाइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार इजरायलको सैन्य आक्रमणले आधिकांश नागरिकसहित कम्तिमा ४३ हजार ५०८ जनाको ज्यान लिइ सकेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : ४८ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा