मातृभाषासँगै अङ्ग्रेजी सिक्नु जरूरी : मुख्यमन्त्री कार्की « Khabarhub

मातृभाषासँगै अङ्ग्रेजी सिक्नु जरूरी : मुख्यमन्त्री कार्की


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमक – कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अङ्ग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताएका छन् ।

आज झापाको दमकमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को कोसी प्रदेश सम्मेलन तथा विचार गोष्ठीको उद्‌घाटन गर्दै मुख्यमन्त्री कार्कीले हरेक सामुदायिक विद्यालयले मातृभाषाका साथै विद्यार्थीलाई न्यूनतम रूपमा अङ्ग्रेजी भाषामा बोलीचाली गर्नसक्ने गरी क्षमता वृद्धि गराउनुपर्नेमा जोड दिए। अङ्ग्रेजी भाषाले अन्तर्राष्ट्रिय मान्यता पाएकाले पनि यो सिक्नु जरूरी रहेको उनले उल्लेख गरे ।

आफ्नो विद्यालय तहको पढाइ स्मरण गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘हामी विद्यालय पढ्ने बेला कक्षा पाँचमा मात्रै अङ्ग्रेजी अक्षर चिनेको थिएँ । अहिले समय बदलिएको छ । अङ्ग्रेजी भाषाले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै विश्वको जुनसुकै ठाउँमा पुगे पनि सञ्चार गर्न सकिन्छ । नेपाली शिक्षा, रोजगारीलगायत कारणले विभिन्न मुलुक जाने गरेका छौँ, तसर्थ अङ्ग्रेजी सिक्नु आवश्यक जस्तै बनेको छ ।’ 

उहाँले भाषिक ज्ञान र सीपलाई व्यवहारमा सही तरिकाले कार्यान्वयन गर्न सके मात्र परिवेश र अवस्था सुहाउँदो शिक्षा प्राप्त सकिने धारणा राखे । यस किसिमका विचार गोष्ठी तथा सम्मेलनमा हुने अन्तरक्रिया र बहसले आगामी दिनमा अङ्ग्रेजी भाषाको शिक्षण सिकाइमा थप मद्दत पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे ।

नेल्टा कोसी प्रदेश समितिका अध्यक्ष गुणराज नेपालको अध्यक्षतामा भएको उद्घाटनमा नेल्टाका पूर्वराष्ट्रिय अध्यक्ष एवं प्राध्यापक डा गोविन्दराज भट्टराई, काठमाडौँ विश्वविद्यालय शिक्षा संकायका डिन प्रा डा बालचन्द्र लुइँटेल, नेल्टाका केन्द्रीय अध्यक्ष प्रा डा लक्ष्मण ज्ञवाली, अमेरिकी दूतावासको क्षेत्रीय अङ्ग्रेजी भाषा विभागप्रमुख रोजरअफ कोहेन, युकेबाट फोनेक्स केनी, नेल्टाका पूर्वअध्यक्ष सहप्राध्यापक मोतिकला सुब्बा, काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक हेमन्तराज दाहाललगायत व्यक्तित्वको उपस्थिति थियो । 

आइतबारसम्म सञ्चालन हुने उक्त गोष्ठीमा कोसी प्रदेशका विभिन्न विद्यालयका, क्याम्पसलगायत शिक्षण संस्थाका अङ्ग्रेजी विषयका शिक्षकहरू गरी करिब पाँच सय सहभागी भएका आयोजकले जनाएको छ ।

स्थानीय सिदार्थ बोर्डिङ स्कूलमा सुरु भएको शैक्षिक क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरूबीच बहस र अन्तरक्रियासहितकको यस किसिमको गोष्ठी झापामा पहिलो पटक भएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : ०९ बजे

मौसम विभागले भन्यो- यसवर्ष सरदरभन्दा कम वर्षा हुने भएपनि बाढी जोखिम कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ

संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ? 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल

प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौं– सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान