रवि लामिछानेलाई भोलि चौथोपटक अदालत उपस्थित गराइने « Khabarhub

रवि लामिछानेलाई भोलि चौथोपटक अदालत उपस्थित गराइने


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ। 

तेस्रो पटक म्याद थपिएको समय आज सकिएपछि उनलाई भोलि (आइतबार) अदालत उपस्थित गराउन लागिएको हो। आज शनिबार बिदा भएकाले उनलाई भोलिमात्रै अदालत उपस्थित गराउन लागेको उनको सचिवालय सदस्य प्रमोद न्यौपानेले बताए ।

न्यौपानेका अनुसार भोलि रविलाई अदालत उपस्थित गराइँदा रास्वपा शुभचिन्तक तथा नेता कार्यकर्ताहरूले पोखराको जिरो किलोमिटर घन्टी घरमा प्रदर्शन जारी राख्नेछन् । यस्तै रविको स्वास्थ्य अवस्था अहिलेसम्म ठिक रहेको न्यौपानेले बताए । 

‘मैले भर्खरै सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा भेटेर बाहिर निस्केको छु । उहाँ तीव्र आत्माबल र विश्वासका साथ हिरासतमा बस्नुभएको छ । न्यौपानेले सामाजिक सञ्जाल फेसबुक लाइभमा भनेका छन्, हिरासत बसाइमा उहाँले अध्ययन अनुसन्धान र लेखनको काम गरिरहनुभएको छ उहाँ पूर्णरूपमा स्वस्थ हुनुहुन्छ।’

वकिलहरूले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन्। तर, सरकारी वकिलहरूले भने हिरासत भित्रै राखेर रविलाई अनुसन्धान गर्नुपर्ने बताउँदै आइरहेका छन् । 

बुटवलको रूपन्देहीमा रहेको सुप्रिम सहकारी बचत अपचलनबारे पनि रविलाई पक्राउ पुर्जी जारी भएकाले भोलिको म्याद थपिएपछि रविलाई रूपन्देही लगिने आशंका धेरै छ । तर यसबारे अहिले प्रहरीले केही बोलेको छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : १७ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको