दक्षिण सुडानमा बाढीका कारण १४ लाख मानिस प्रभावित « Khabarhub

दक्षिण सुडानमा बाढीका कारण १४ लाख मानिस प्रभावित


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण सुडानमा आएको विनाशकारी बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् । दक्षिण सुडानमा आएको पछिल्लो प्राकृतिक प्रकोपका कारण १४ लाख व्यक्ति प्रभावित भएका र तीन लाख ७९ हजारभन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विश्वको सबैभन्दा ‘कान्छो देश’ को मुख्यतः उत्तरी क्षेत्र दशकौँ यताकै सबैभन्दा खराब बाढीको चपेटामा परेको सहायता एजेन्सीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार दक्षिण सुडान र सुडान दुवैले दाबी गर्दै आएको ४३ वटा काउन्टी र विवादित अबेई क्षेत्रमा आएको बाढीका कारण करिब १४ लाख मानिस प्रभावित भएका छन् ।

‘२२ वटा काउन्टी र अबेईमा तीन लाख ७९ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्,’ राष्ट्रसङ्घले शुक्रबार राति जारी विज्ञप्तिमा भनिएको छ।

‘बाढीका कारण ‘स्वास्थ्य प्रणालीलाई भारी असर पारेको छ र बाढी प्रभावित क्षेत्रहरूमा स्थिति र प्रभावलाई अझ बढावा दिएको र औलोको प्रकोप बढेको रिपोर्ट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ४९ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन