विश्वकप लिग २ : नेदरल्याण्ड्ससँग युएई पराजित | Khabarhub Khabarhub

विश्वकप लिग २ : नेदरल्याण्ड्ससँग युएई पराजित


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्याण्डसले आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले युएईलाई ६७ रनले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको २४२ रनको लक्ष्य पछाएको युएईले ४५.२ ओभरमा अल आउट हुँदै १७४ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ८ विकेट गुमाउदै २४१ रन बनाएको थियो ।

यो जितपछि नेदरल्याण्डस लिग–२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्डसको ११ खेलमा १४ अंक भएको छ र समान १४ अंक रहेको स्कटल्याण्डभन्दा रनरेटमा अगाडी हुँदै तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै युएईले भने लिग–२ मा नवौं हार बेहोरेको छ । युएईको ११ खेलमा ४ अंकसहित पुछारमा रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ८ : ३८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’