कांग्रेस र एमाले नै मुख्य राजनीतिक प्रतिष्पर्धी हुन् : शेखर कोइराला « Khabarhub

कांग्रेस र एमाले नै मुख्य राजनीतिक प्रतिष्पर्धी हुन् : शेखर कोइराला


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

उदयपुर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताएका छन् ।

आज कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको स्वर्गीय बिपी कोइरालाको शालीक अनावरण कार्यक्रममा उनले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनम यी दबै पाटी नै प्रतिस्पिर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिए ।

“अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको छ । देशको राजनीतिक परिस्थितिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिष्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनुहुँदैन”, नेता डा कोइरालाले भने,“आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनलगायत आगामी २०८४ सालको आम निर्वाचनमा हुने त्यही हो । त्यसैले यस कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ ।”

उनले सरकारमा रहेका पार्टीको प्रतिनिधित्व गर्ने नेताहरूले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्ने तथा आमकार्यकर्ताले सरकारले गुण र दोषका आधारमा सरकारका काममा खबरदारी एवं प्रशंसा गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, गुरुराज घिमिरे, कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राई, नेता हरि भट्टराईलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ९ : ३९ बजे

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले