रविलाई काठमाडौं ल्याइयो, आजै जहाजबाट पर्सा लगिने « Khabarhub

रविलाई काठमाडौं ल्याइयो, आजै जहाजबाट पर्सा लगिने

सानो पाइलाको ३३ करोड ५० लाख हिनामिना भएको थियो


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।

पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरण बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै लग्न लागिएको हो ।

लामिछानेलाई पोखरा विमानस्थलबाट जहाजमा काठमाडौं ल्याइएको छ । काठमाडौंबाट अब उनलाई दिउँसो साढे २ बजेको जहाजमार्फत् बाराको सिमरा हुँदै वीरगञ्ज लगिँदैछ ।

पर्साको वीरगञ्जस्थित हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियव ।

सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

जिल्ला अदालत पर्साले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा तानिएको थिएन । अब पक्राउ पुर्जी जारी भएकाले दुवैजनालाई चितवनपछि बयानका लागि पर्सा लगिँदैछ ।

सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जीबी, छवि, रवि र कुमार रम्तेल हुन्। रम्तेल अहिले कास्की जेलमा छन् । उता जीबी मलेसियामा लुकेको बताइए पनि फेला परेका छैनन् ।

यता पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिइसकेका छन् । अब पाँचौँ सहकारी ठगी प्रकरणमा बयानका लागि उनीहरूलाई पर्सा लगिँदैछ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १ : २२ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको