धरानका मेयरकाे अभिव्यक्तिको विरोध गर्दै पत्रकारले निकाले माैन जुलस « Khabarhub

धरानका मेयरकाे अभिव्यक्तिको विरोध गर्दै पत्रकारले निकाले माैन जुलस


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

इटहरी- धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाई कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् ।

समाचारको बिषयलाई लिएर पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिएपछि धरानमा मौन जुलुस निकालिएको हो । मेयरका कारण सुनसरीका पत्रकारहरू असुरक्षित रहेको भन्दै उनीहरूले जुलुस निकालेका हुन् ।

मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र गोपाल दाहाललाई सार्वजनिक रूपमा धम्कीसँगै, गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेर कारबाही माग गरेपछि सुनसरीका पत्रकार आक्रोशित भएका हुन् ।

पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।

समाचार लेखेकै कारण पटकपटक शृङ्खलावद्ध धम्की दिँदा समेत साम्पाङलाई कुनै कारवाही नभएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रनु परेको पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १ : ४२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज