प्रधानमन्त्री झापामै, अमेरिकी मन्त्रीले भेटे प्रमुख सल्लाहकार रिमाललाई « Khabarhub

प्रधानमन्त्री झापामै, अमेरिकी मन्त्रीले भेटे प्रमुख सल्लाहकार रिमाललाई


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो दिन पनि गृहजिल्ला झापामै छन् ।

अमेरिकी अमेरिकी सहायक विदेशमन्त्री (दक्षिण र मध्य एसिया मामिला विभाग) डोनाल्ड लु काठमाडौंमा राजनीतिक भेटघाटमा ब्यस्त हुँदा ओली भने झापामा खानेपानी आयोजना उद्घाटन गरिरहेका छन् ।

ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्गघाटन गर्दै लामो मन्तब्य दिए ।

ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको बताउँदै देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान चलाउने पनि बताए ।

उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने वाचा पनि गरे ।

ओली आइतबार दमकस्थित १ अर्ब ६३ करोड लगानीमा बनेको १८ तले व्यापारिक कम्प्लेक्स उद्घाटनका लागि पुग्दा यता अमेरिकी मन्त्री लु भने काठमाडौंमा अवतरण गर्दै थिए ।

लुले आइतबार नै प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरिसकेका छन् ।

ओली गृहजिल्लामा व्यस्त भएपछि सोमबार उपमन्त्री लुले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसँग संवाद गरेका छन् ।

उक्त भेटका क्रममा प्रधानमन्त्रीका आर्थिक सल्लहकार डा. युवराज खतिवडा पनि सहभागी थिए । मन्त्री लुसँगै अमेरिकी राजदूत डिन थम्पसन पनि सहभागी थिए ।

सोमबार मात्रै उपमन्त्री लुले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई पनि सिंहदरबार पुगेर भेटिसकेका छन् ।

सिंहदरबारमा भएको उक्त छलफलमा एमसीसी कार्यान्वयनसहितका विषयमा कुराकानी भएको अर्थमन्त्त्रालयले जनाएको छ ।

‘नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भयो । अमेरिकी सहयोगमा एमसीसी, यूएसएआईडीलगायत कार्यक्रमबाट सञ्चालित परियोजनाको कार्यान्वयनबारे छलफल भयो’, अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले भने ।

उपमन्त्री लुसँगको भेटलाई प्रधानमन्त्रीका मुख्य सल्लहाकार रिमालले सौहार्दपूर्ण शिष्टाचार भनेका छन् ।

‘सौहार्दपूर्ण शिष्टाचार भेटघाट सम्पन्न भयो। आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरूबारे चर्चा भयो’, रिमालले भेटघाटको तस्बिरसहित भनेका छन्, ‘नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरेका छौँ ।’

गत मंसिर १७ गतेदेखि भएको चार दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ कार्यान्वन फ्रेमवर्कमा हस्ताक्षर गरेर फर्किसकेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : १२ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं