शेखर समूहले कोशी भेला बहिष्कार गरेको कुरा उठ्यो कार्यसम्पादन बैठकमा « Khabarhub

कांग्रेसमा नयाँ विवाद

शेखर समूहले कोशी भेला बहिष्कार गरेको कुरा उठ्यो कार्यसम्पादन बैठकमा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले विराटनगरमा गरेको कोशी प्रदेश भेला नेता डा. शेखर कोइराला समूहले बहिष्कार गरेको विषय केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उठेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कोइराला समूहले प्रदेश भेला बहिष्कार गरेको विषय उठेको हो ।

बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कोशी प्रदेश कार्यसमितिको आयोजनामा भएको विराटनगरको भेला नेता कोइरालासहितले बहिष्कार गरेको विषयमा कुरा उठेको जानकारी दिए ।

‘कुन अनुकूलता–प्रतिकूलताले उहाँ (कोइराला) आउनुभएन । यो विषय बैठकमा उठेको छ । पार्टीपंक्तिबीच अब हामीले एकतावद्ध भएर जानुपर्छ । कुनै मनमुटाव, असन्तुष्टि, कुनै विषयमा यस्तो भए हुन्थ्यो भन्ने कुनै नेताको दृष्टिकोण छ भने पार्टीकै फोरममा, पार्टीकै संयन्त्रमा छलफल गर्नुपर्छ,’ महतले भने, ‘यस्ता कुरामा सार्वजनिक मतभिन्नता ठूलो रहेछ कांग्रेसमा भन्ने किसिमबाट प्रस्तुत हुनु हुँदैन भन्ने कुरा त्यहाँ अभिव्यक्ति दिने साथीहरूले राख्नुभएको छ ।’

प्रवक्ता महतले असन्तुष्टिका विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘व्यक्तिगत असन्तुष्टि–सन्तुष्टिभन्दा पार्टी एक भएर जानुपर्छ । सन्तुष्टि–असन्तुष्टिको विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्दछ,’ बैठकमा उठेका विषयबारे जानकारी दिँदै उनले भने, ‘असन्तुष्टि बाहिर राख्नु हुँदैन । संस्थागत रुपमा नै पार्टीभित्र आफ्नो मत राख्नुपर्छ ।’

कांग्रेसको कोशी प्रदेश कार्यसमितिले मंसिर २२ गते विराटनगरमा प्रदेश भेला गरेको थियो । उक्त भेलाको दिन नेता कोइराला चितवनमा थिए । उनीनिकट कोही पनि नेता भेलामा उपस्थित भएनन् ।

त्यसअघि पार्टीको निर्देशनविपरीत विराटनगरमा कोइराला समूहले मंसिर १८ र १९ गते गते कोशी प्रदेशस्तरीय पालिकाका सभापतिहरूको भेलामार्फत् शक्ति प्रदर्शन गरेको थियो । उक्त भेलापछि कांग्रेसमा नयाँ विवाद सिर्जना भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : ३५ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक