सरकार ढल्ने हल्लासँगै शेयर बजार ओरालो, १२ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

सरकार ढल्ने हल्लासँगै शेयर बजार ओरालो, १२ अंकले घट्यो नेप्से


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार ४६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि १२.८४ अंकले घटेको छ । सरकार ढल्ने हल्लासँगै शेयर बजारमा भारी मात्रमा गिरावट आएको छ ।

 अमेरिकी सहायक विदेशमन्त्री (दक्षिण र मध्य एसिया मामिला विभाग) डोनाल्ड लु काठमाडौंमा छन् । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा देखि प्रतिपक्ष दलका नेता पुष्प कमल दाहाल प्रचण्डसम्मलाई भेटे तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नभेट्ने भएका छन् ।

त्यही कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा सरकार ढल्ने हल्लासँगै शेयर बजारमा पनि दुई दिन लगातार गिरावट आएको हो ।

यहि हल्लाबीच नेप्से ०.४७ प्रतिशतले घटेर २६७६.१५ विन्दुमा पुगेको छ । सोमबार नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर कारोबार भएको छ ।  ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

 १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ७५८ पटक शेयर किनबेच भएको छ ।

आज १३ समूहमध्ये ५ वटा समूह बढेको छ भने ८ वटा समूह घटेको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.०६ प्रतिशतले बढेर ६ हजार ७७४.९३ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स समूह ०.१५ प्रतिशतले, लगानी समूह लगानी समूह ०.७६ प्रतिशतले, म्युचुअल फण्ड ०.१४ प्रतिशतले र अन्य समूह ०.११ प्रतिशतले बढेको छ ।  सबैभन्दा बढी जीवन बिमा समूह १.६७ प्रतिशतले घटेर १३ हजार १०९.५२ विन्दुमा पुगेको छ ।

साथै, वाणिज्य बैंक समूह ०.४६ प्रतिशतले, विकास बैंक ०.६८ प्रतिशतले, होटल तथा पर्यटन ०.८३ प्रतिशतले, हाइड्रोपावर ०।५४ प्रतिशतले, लघुवित्त ०.६१ प्रतिशतले, निर्जीवन बिमा १.१६ प्रतिशतले र ट्रेडिङ समूह १.३० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : १८ बजे

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा