सरकार ढल्ने हल्लासँगै शेयर बजार ओरालो, १२ अंकले घट्यो नेप्से « Khabarhub

सरकार ढल्ने हल्लासँगै शेयर बजार ओरालो, १२ अंकले घट्यो नेप्से


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार ४६ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि १२.८४ अंकले घटेको छ । सरकार ढल्ने हल्लासँगै शेयर बजारमा भारी मात्रमा गिरावट आएको छ ।

 अमेरिकी सहायक विदेशमन्त्री (दक्षिण र मध्य एसिया मामिला विभाग) डोनाल्ड लु काठमाडौंमा छन् । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा देखि प्रतिपक्ष दलका नेता पुष्प कमल दाहाल प्रचण्डसम्मलाई भेटे तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नभेट्ने भएका छन् ।

त्यही कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा सरकार ढल्ने हल्लासँगै शेयर बजारमा पनि दुई दिन लगातार गिरावट आएको हो ।

यहि हल्लाबीच नेप्से ०.४७ प्रतिशतले घटेर २६७६.१५ विन्दुमा पुगेको छ । सोमबार नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर कारोबार भएको छ ।  ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

 १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ७५८ पटक शेयर किनबेच भएको छ ।

आज १३ समूहमध्ये ५ वटा समूह बढेको छ भने ८ वटा समूह घटेको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.०६ प्रतिशतले बढेर ६ हजार ७७४.९३ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स समूह ०.१५ प्रतिशतले, लगानी समूह लगानी समूह ०.७६ प्रतिशतले, म्युचुअल फण्ड ०.१४ प्रतिशतले र अन्य समूह ०.११ प्रतिशतले बढेको छ ।  सबैभन्दा बढी जीवन बिमा समूह १.६७ प्रतिशतले घटेर १३ हजार १०९.५२ विन्दुमा पुगेको छ ।

साथै, वाणिज्य बैंक समूह ०.४६ प्रतिशतले, विकास बैंक ०.६८ प्रतिशतले, होटल तथा पर्यटन ०.८३ प्रतिशतले, हाइड्रोपावर ०।५४ प्रतिशतले, लघुवित्त ०.६१ प्रतिशतले, निर्जीवन बिमा १.१६ प्रतिशतले र ट्रेडिङ समूह १.३० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : १८ बजे

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना

आजका समाचार : एएफयू जग्गा विवाद समाधानमा सरकारको पहल, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग र कुवेतको पूर्वाधारमा इरानको आक्रमण

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमानेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको

उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं– पर्वतको कुश्मामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

चितवनमा १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्न सरकारको पहल

चितवन- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र