सिक्किमकी सिङ्जाङ्गोलाई प्रतिभा पुरस्कार, थापालाई सम्मान | Khabarhub Khabarhub

सिक्किमकी सिङ्जाङ्गोलाई प्रतिभा पुरस्कार, थापालाई सम्मान


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुव्वा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ । यसैगरी प्रतिभा सम्मान ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापालाई दिने भएको छ ।

प्रतिष्ठानको बेलायतमा आइतबार सांझ बसेको पूर्ण बैठकले नगद राशी १ लाख रुपैयाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार सिङ्जाङ्गोलाई र नगद राशी ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहितको प्रतिभा सम्मान थापालाई प्रदान गर्ने घोषणा गरेको अध्यक्ष टंक वनेमले बताए ।

प्रतिष्ठानका अनुसार सन १९८८ मा सिक्किमको गान्तोकमा जन्मेकी सिङ्जाङ्गोले मुन्धुमको खोजी, अनुसन्धान, अनुवाद र लेखनका साथै स्थानीय रैथाने कला संस्कृति संरक्षणमा सक्रिय रहेकी छन् ।

३६ वर्षीया सिङ्जाङगो भारतको दिल्ली विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेपछि रैथाने मूल्य मान्यताको खोजी गर्दै याक्थुङ मुन्धुमको वृहत् अनुसन्धानमा फड्को मारेकी हुन् ।

उनको अंग्रेजीमा ‘लिम्बु समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, चइत मुन्धुम (द स्टोरी अफ क्रियसन), मुजिङ्ना खेयङ्ना मुन्धुम अनुवाद, याक्थुङ सिभिलाइजेसनः इम्बिरी याङधाङ्वा पुम्मा कलेन्सन आर्टिकल, याक्थुङ मुन्धुमलोर पुस्तक प्रकाशित छन् ।

प्रतिष्ठानका अध्यक्ष टंक वनेमले खबरहबसँग भने, ‘युवा इतिहासकार, लेखिका सिङ्जाङगोको अध्ययन, अनुसन्धान, लेखन र रैथाने सम्पदा अन्वेषणमा उल्लेखनीय योगदानको कदर गर्दै यो वर्षको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।’ प्रतिष्ठानले प्रतिभा पुरस्कार भारतीय नागरिकलाई प्रदान गर्ने घोषणा गरेको यो पहिलो हो ।

यसैगरी विस २००८ जेठ २१ गते ताप्लेजुङको साविक खोक्लिङ हाल मिक्वाखोला गाउपालिका–२ मा जन्मेका थापाले ताप्लेजुङका शहीदहरु, तोक्पेगोला र तोक्पेगोला, ताप्लेजुङका युद्धवीर लाहुरेहरु, ताप्लेजुङका लोक संस्कृति भाग १, ताप्लेजुङका धर्म सम्प्रदायहरु, बरदात्री भगवनी पाथीभरा (मुक्कुमलुङ्मा), ताप्लेजुङको प्रजातान्त्रिक क्रान्तिको इतिवृत्तलगायत पुस्तकहरू प्रकाशित गरेका छन् ।

उनले सुदूरपूर्वको लिम्बुवानी क्षेत्र ताप्लेजुङको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र पर्यटनबारे चिनाउने अथक प्रयास गरेकाले प्रतिमा सम्मानको हकदार बनाइएको प्रतिष्ठानका महासचिव चोक गुरुङले बताए ।

सिङ्जाङगो र थापालाई आगामी पुसमा काठमाडौंमा कार्यक्रम गरेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाबाट पुरस्कार तथा समन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

बेलायतमा बसेर कर्मथलो बनाएका नेपाली स्रष्टाहरूले सन २००८ मा बेलायतमा स्थापित गरेको नेपाली प्रतिभा प्रतिष्ठानले हालसम्ममा नवीन विभास, कुबेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, वीवी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रिन र प्रदीप मेन्याङ्बोलाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ ।

यसैगरी अग्रज स्रष्टाहरु ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा गोविन्दराज भट्टराई, बुद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, डा. कृष्णहरि बराल, दीप श्रेष्ठ र गणेश रसिकलाई प्रतिमा सम्मान गरिसकेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ४७ बजे

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन

पाँच वर्षमा पनि सञ्चालन भएन आधारभूत अस्पताल

पर्वत– एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि

‘जनै हराएको मान्छे’को प्रिमियर हेर्ने भक्कानिए

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै

समानता, सशक्तीकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई प्रोत्साहित गर्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले समानता, सशक्तीकरण र सम्भावनाका विषयहरूमा महिला

लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस  

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार