टिकटकको प्रतिबन्धमा पर्‍यो आयुष र एलिजेको एकाउन्ट « Khabarhub

टिकटकको प्रतिबन्धमा पर्‍यो आयुष र एलिजेको एकाउन्ट


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमा नानुसिंह ठकुरीसँगको विवाद सामाजिक सञ्जलामा पोखिएपछि तनावमा रहेका भाइरल जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको एकाउन्टलाई टिकटकले ब्यान्ड गरिदिएको छ ।

पारिवारिक विवादका कारण ‘मास रिपोर्ट’ भएपछि यी दुवैजनाको करोडौं लाइक भएका एकाउन्टलाई टिकटकले प्रतिबन्ध गरिदिएको हो ।

यी दुईजनाले आयुषकी आमाबारे दिएका अभिव्यक्तिका कारण चर्को आलोचना भइरहेको थियो । त्यही आलोचनाबीच उनीहरूका दुवै एकाउन्ट ‘मास रिपोर्ट’हुँदा टिकटकबाट हराएका हुन् ।

प्रतिबन्धमा परेकामध्ये एलिजेको एकाउन्टलाई २२ लाखले फलो गरेका थिए । जुन एकाउन्टमा करोडौंले लाइक गरेका थिए ।

विवाद र आलोचनाबीच ट्रोल भइरहेका यी जोडीका एकाउन्ट सोमबारदेखि टिकटकबाट गायब भएका हुन् । अछामका आयुष र पाकिस्तानकी एलिजेबीच टिकटक लाइभबाट माया बसेको थियो । यी दुईले बिहे गर्ने निर्णयसहित स्वयम्बर गरेर सँगै बस्दै आएका छन् ।

आयुषकी आमासँगको विवादका क्रममा एलिजेले टिकटकमै आफूहरूका कारण नेपाली टिकटकरहरूले गरिखाएको भन्ने विवादित अभिव्यक्ति दिएकी थिइन् ।

आयुषकी आमाले छोरासँगको विवादलाई टिकटकबाटै सार्वजनिक गरेकी थिइन्। अर्को बिहे गरेकी भए पनि आमालाई अपमान गरेको आरोप आयुषलाई लागेको थियो । त्यहीकारण उनी आलोचनाको केन्द्रमा परेकी थिइन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : ४० बजे

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले