टिकटकको प्रतिबन्धमा पर्‍यो आयुष र एलिजेको एकाउन्ट « Khabarhub

टिकटकको प्रतिबन्धमा पर्‍यो आयुष र एलिजेको एकाउन्ट


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमा नानुसिंह ठकुरीसँगको विवाद सामाजिक सञ्जलामा पोखिएपछि तनावमा रहेका भाइरल जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको एकाउन्टलाई टिकटकले ब्यान्ड गरिदिएको छ ।

पारिवारिक विवादका कारण ‘मास रिपोर्ट’ भएपछि यी दुवैजनाको करोडौं लाइक भएका एकाउन्टलाई टिकटकले प्रतिबन्ध गरिदिएको हो ।

यी दुईजनाले आयुषकी आमाबारे दिएका अभिव्यक्तिका कारण चर्को आलोचना भइरहेको थियो । त्यही आलोचनाबीच उनीहरूका दुवै एकाउन्ट ‘मास रिपोर्ट’हुँदा टिकटकबाट हराएका हुन् ।

प्रतिबन्धमा परेकामध्ये एलिजेको एकाउन्टलाई २२ लाखले फलो गरेका थिए । जुन एकाउन्टमा करोडौंले लाइक गरेका थिए ।

विवाद र आलोचनाबीच ट्रोल भइरहेका यी जोडीका एकाउन्ट सोमबारदेखि टिकटकबाट गायब भएका हुन् । अछामका आयुष र पाकिस्तानकी एलिजेबीच टिकटक लाइभबाट माया बसेको थियो । यी दुईले बिहे गर्ने निर्णयसहित स्वयम्बर गरेर सँगै बस्दै आएका छन् ।

आयुषकी आमासँगको विवादका क्रममा एलिजेले टिकटकमै आफूहरूका कारण नेपाली टिकटकरहरूले गरिखाएको भन्ने विवादित अभिव्यक्ति दिएकी थिइन् ।

आयुषकी आमाले छोरासँगको विवादलाई टिकटकबाटै सार्वजनिक गरेकी थिइन्। अर्को बिहे गरेकी भए पनि आमालाई अपमान गरेको आरोप आयुषलाई लागेको थियो । त्यहीकारण उनी आलोचनाको केन्द्रमा परेकी थिइन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : ४० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि