व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन भएन : प्रदीप ज्ञवाली « Khabarhub

व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन भएन : प्रदीप ज्ञवाली


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको बताएका छन् ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै ज्ञवालीले मुलुकको व्यवस्था परिवर्तनसँगै अव जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत बताए ।

तीन–तीनवटा ठूला परिवर्तनपछि पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने उनले बताए । ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुक र जनताको अवस्थामा केही सुधार भएपनि क्रान्तिले लिएको लक्ष्यसम्म भने पुग्न नसकिएको धारणा राखे । परिवर्तनका शक्तिहरूले आफुलाई नियाल्दै आफ्ना काम–क्रियाकपालहरुलाई जनताको जिवनस्तरसंग जोड्न सक्नुपर्ने उनको भनाइ छ ।

ज्ञवालीले ७ सालदेखिका क्रान्तिका अभिभाराहरूलाई मुलुकको विकाससँगै जनमुखी कार्यक्रम ल्याएर पुरा गर्नसक्नुपर्नेमा जोड दिए । उनले २००७ सालकोे राणाविरुद्धको क्रान्तिमा नेतृत्व गरेका रामप्रसाद राईका अधुरा सपनाहरुलाई साकार पार्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : ३७ बजे

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको