उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवरको भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवरको भेट


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गरेका छन् ।

आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो । सो अवसरमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जानकारी दिएको छ ।

‘संस्थापक नेताले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सकृयताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ’, उपराष्ट्रपतिले यादवले भने।

उनले  सार्कका महत्त्वपूर्ण संयन्त्रका बैठक नियमित आयोजना र १९ औँ शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको महत्वबारे उल्लेख गरेका थिए । सार्कका संस्थागत निर्णय कार्यान्वयन गर्न सदस्य राष्ट्रको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेकामा उनले जोड दिए।

‘लोकतान्त्रिक प्रणाली, सुशासन र मानवअधिकार प्रवर्द्धनका लागि सदस्य राष्ट्रबीचको साझा प्रतिबद्धता अत्यावश्यक छ’, उपराष्ट्रपति यादवले भने, ‘म सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु ।’

सार्कका महासचिव सरवरले अगामी ‘सार्क चार्टर डे’को लागि सबै सदस्य राष्ट्रको शुभकामना प्राप्त गरेको उल्लेख गर्दै सार्क मुलुकका विभिन्न चुनौती मिलेर सामना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ७ : २७ बजे

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले