अनलाइन ठगी अभियोगमा तीन जना पक्राउ « Khabarhub

अनलाइन ठगी अभियोगमा तीन जना पक्राउ


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला झापा बिर्तामोड नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–४ महाराजगञ्ज चप्पलकारखाना वस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने १९ वर्षीय बिपीन मक्राती तथा नुवाकोट म्यागङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय मधु तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली फेसबुकको मार्केटप्लेसमा आइफोन सेट सस्तो मूल्यमा बिक्रीमा रहेको भन्ने झुठ्ठा विज्ञापन पोष्ट गरी निवेदकलाई एड्भान्स वापतको रकम पठाउन लगाइ ठगी गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकालाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न