एक हजार धारा जडान गर्दै लहान नगरपालिका | Khabarhub Khabarhub

एक हजार धारा जडान गर्दै लहान नगरपालिका


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा – चुरे क्षेत्रका इनार, कुवा र चापाकलमा पानी रसाउन छाडेपछि लहान नगरपालिकाले चालु आर्थिक वर्षमा यहाँका एक हजार घरपरिवारमा निःशुल्क खानेपानीको धारा जडान गर्ने भएको छ ।

नगरपालिकाले ‘वाटर एड’ र दलित जनकल्याण युवा क्लबसँग सहकार्य गरी ‘विकन’ परियोजनामार्फत एक हजार विपन्न तथा दलित परिवारको घरमा निःशुल्क खानेपानी धारा जडान गर्ने तयारी गरेको नगरप्रमुख महेश चौधरीले बताए ।

“नगरका चुरेसँग जोडिएका वडाहरूमा खानेपानी समस्या विकराल छ । हामीले त्यहाँ नेपाल खानेपानी संस्थानको सहकार्यमा आयोजना सञ्चालन गरी एक हजार धारा निःशुल्क जडान गर्ने लक्ष राखेका छौं,” नगरप्रमुख चौधरीले भने, “अघिल्लो वर्षमा नगरको तर्फबाट यहाँका दलित तथा विपन्न समुदायलाई धारा जडानमा आर्थिक सहयोग पनि गरेका छौँ । विस्तारै सबै वडामा खानेपानी पु¥याउने लक्ष्य लिएका छौं ।”

हाल वडा नं। १३, १४, २४, १८, १५, १६ र १७ मा काम भइरहेको उनले जानकारी दिए । लहान नगरमा लालपूर्जा नभएका सुकुम्बासीहरू बढी दलित समुदायका छन् । नगरप्रमुख चौधरीका अनुसार अघिल्लो आवमा उनीहरूलाई सहुलियतमा धारा जडान गरिएको थियो ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा पाँच हजार एक सय ४९ धारा जडान भएका छन् । लहान नगरपालिकामा २४ वटा वडा छन् । जसमध्ये १ देखि १० सम्ममा एक सय सात किलोमिटर पाइप जडान गरी धारा जडान गरिएका छन् । वडा नं। २४ मा पछिल्लो सेवा विस्तार गरिएको छ ।

खानेपानी सम्बन्धी काम गरिरहेको विकन परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेको छ । यस परियोजना मार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पु(याउने लक्ष्यसहित कार्य भइरहेको नगरप्रमुख चौधरीको भनाइ छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : ५८ बजे

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन

पाँच वर्षमा पनि सञ्चालन भएन आधारभूत अस्पताल

पर्वत– एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि

‘जनै हराएको मान्छे’को प्रिमियर हेर्ने भक्कानिए

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै

समानता, सशक्तीकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई प्रोत्साहित गर्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले समानता, सशक्तीकरण र सम्भावनाका विषयहरूमा महिला

लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस  

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार