प्रधान सेनापति सिग्देल भारत प्रस्थान « Khabarhub

प्रधान सेनापति सिग्देल भारत प्रस्थान


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन्‌ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्‌ ।

उनले यही मङ्सिर २६ गतेदेखि मङ्सिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधान सेनापति सिग्देल सैनिक श्रीमती सङ्घकी अध्यक्ष तथा उनकी श्रीमती नीता क्षेत्री सिग्देल सम्मिलित नौ सदस्यीय भ्रमण दलसहित भारत प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई मङ्सिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम छ ।

त्यस्तै भ्रमणका क्रममा भारतका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । प्रधान सेनापतिसहितको भ्रमण दल यही मङ्सिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीलाई कायममुकायम प्रधान सेनापतिको कार्यभार दिइएको छ । रासस

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : १७ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको