३८ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अब्बल नबिल « Khabarhub

३८ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अब्बल नबिल


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको असोजभन्दा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोजको तुलनमा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८.२ प्रतिशतले वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७९र०८० को अन्तिम महिना असारको तुलनामा गत आर्थिक वर्षको अन्तिम महिना असारमा ८.८१ प्रतिशतले घटेको बैंकिङ क्षेत्रको नाफामा पछिल्लो समय सुधार भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७८/०७९ को असारको तुलनामा आर्थिक वर्ष ०७९/०८० को असारमा बैंकिङ क्षेत्रको नाफा ६.७९ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको असोजमा बैंकिङ क्षेत्रले १८ अर्ब १० करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा कात्तिकमा सो नाफा वृद्धि भएर २४ अर्ब ९९ करोड १० लाख रुपैयाँ पुगेको छ ।

जसमध्ये वाणिज्य बैंकको नाफा २२ अर्ब २९ करोड ९० लाख, विकास बैंकको दुई अर्ब तीन करोड ७० लाख र फाइनान्स कम्पनीको ६५ करोड ६० लाख रुपैयाँ छ ।

वाणिज्य बैंकतर्फ नबिल अब्बल, पौने तीन अर्ब नाफा

गएको कात्तिकमा देशका कुल २० वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा धेरै अर्थात् दुई अर्ब ६९ करोड १० लाख ४० हजार रुपैयाँ नाफा गरेको छ ।

कात्तिकमा एनआइएमबी बैंकले एक अर्ब ८२ करोड २० लाख ९० हजार, प्राइम बैंकले एक अर्ब ६६ करोड ४४ लाख, एभरेष्ट बैंकले एक अर्ब ५० करोड ९३ लाख एनएमबी बैंकले एक अर्ब ४८ करोड ३२ लाख र प्रभु बैंकले एक अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, सोही अवधिमा स्टान्डर्ड चाटर्ड बैंकले एक अर्ब १३ करोड ७३ लाख १० हजार, कुमारी बैंकले एक अर्ब ५९ करोड ४ लाख ९० हजार र नेपाल एसबीआई बैंकले एक अर्ब सात लाख १० हजार रुपैयाँ नाफा कमाएका छन् ।

समीक्षा अवधिमा अन्य वाणिज्य बैंकको नाफा भने एक अर्ब भन्दा कम रहेको तथ्याङ्कले देखाएको छ । ग्लोबल आईएमई बैंकले आफ्नो वासलात राष्ट्र बैंकमा बुझाएको देखिँदैन ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ५६ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई