आज २०८० साल पुस २५ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २५ गते बुधबारको राशिफल


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २५ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १० तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : मन अस्थिर हुने भएकाले सचेत बन्नुपर्छ। मन खराब काममा जाने हुँदा यसलाई नियन्त्रण गर्नु आवश्यक छ। राम्रो संगत भए खराब मानसिकता परिवर्तन हुन्छ। परिवार र प्रेम सम्बन्धमा समस्या पर्ने देखिन्छ।

वृष : शिक्षा र स्वास्थ्यको क्षेत्रमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आजको दैनिकी राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। आज राम्रो कामको थालनी गर्नुभयो भने सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेममा सफलता मिल्नेछ।

कर्कट : स्वास्थ्यको क्षेत्रमा विवाद हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्र सबल छ। लगानी गरेको भए शिक्षा क्षेत्रमा उपलब्धि हुनेछ। परिवारमा मनमुटाव बढ्नेछ।

कन्या : आजको दिन सामान्य छ। नम्र भएर काम गर्नु फाइदाजनक हुन्छ। आफन्तले कमजोरी खोजी गर्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नुभन्दा आफ्नो निर्णय आफै गर्नुपर्छ।

तुला : समय राम्रो छ। स्वास्थ्य, शिक्षा, अर्थ र धर्मको क्षेत्रमा फाइदा हुनेछ। बौद्धिकताको सम्मान हुनेछ। राजनीतिक क्षेत्रलाई सेवाको मध्यम बनाउने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : कम बोल्नु राम्रो हुन्छ। पैसा सञ्चित गर्नेक्रममा विवाद हुनसक्छ। बिहान पिपलको दर्शन गरेर गरेको काम सफल हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आजको दिन सामान्य छ। मन चञ्चल हुनेछ। शिक्षा क्षेत्र राम्रो छ। पुराना झमेला उल्टिनसक्ने देखिन्छ। स्वदेशमै लगानीको अवसर मिल्ने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

मकर : दैनिकी सामान्य राम्रो छ। रिसले आफ्नो बदनामी गर्ने भएकाले सचेत हुनुपर्छ। लोभ र मोहलाई नियन्त्रण गर्नु राम्रो हुन्छ। बन्धुबाट सहयोग लिएमा काम बन्नेछ। परिवारको साथ रहने छ।

कुम्भ : दिन सामान्य छ। झुटा आरोप लाग्नसक्ने हुनसक्छ। नसोचेका साथीबाट सहयोग लिन सक्नुहुन्छ। पन्छीलाई दाना प्रदान गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। खानपानमा ख्याल गर्नुभएन भने स्वास्थ्यमा गम्भीर समस्या हुनसक्छ। परिवारबाट सहयोग प्राप्त हुने भएकाले दिन सुखमय बन्नेछ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ०८ बजे

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि