कानुन समितिकाे बैठक बस्दै, प्रधानमन्त्रीले भारतसँगको समझदारीबारे प्रष्ट पार्ने « Khabarhub

कानुन समितिकाे बैठक बस्दै, प्रधानमन्त्रीले भारतसँगको समझदारीबारे प्रष्ट पार्ने


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको २०औँ बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने बताइएको छ ।

समितिका सचिव अधि राज राईका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने छन् ।

प्रधानमन्त्री दाहालले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच भएका सम्झौताका विषयमा समितिसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ ।

विशेष गरी भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधै समुदायमा सञ्चालन गर्न सक्ने सम्झौतालाई लिएर सरकारको आलोचना भइरहेको छ । सोही विषयमा प्रधानमन्त्री दाहालले समिति र सांसदहरूलाई प्रष्ट पार्न लागेका हुन् ।

गत शुक्रबार परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा विद्युत व्यापारलगायत विभिन्न ४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ४१ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको