फाइल फोटो

समाचार

काठमाडौंबाट धनगढीका लागि उडेका विमान सुर्खेतमा अवतरण

By खबरहब

January 10, 2024

काठमाडौं– काठमाडौंबाट धनगढीका लागि उडेका विमान सुर्खेतमा अवतरण गरिएको छ।

बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएपछि काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध र श्री एयरको विमान सुर्खेतमा अवतरण गरिएको हो। 

१० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

मौसमी खराबीका कारण ती जहाजहरु धनगढीमा अवतरण हुन नसकेर सुर्खेतमा आकस्मिक अवतरण गरिएको हो ।