कोशीमा सभामुख खाएपछि राप्रपाभित्र भाँडभैलो ! | Khabarhub Khabarhub

कोशीमा सभामुख खाएपछि राप्रपाभित्र भाँडभैलो !

लिङदेन भन्छन्– मैले सभामुखमा जानु भनेको थिइनँ


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्मबरबहादुर विष्ट सभामुख बनेपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ । प्रदेश सरकारको संरचनाप्रति नै असहमत रहेको राप्रपाले सभामुख खाएको यो दोस्रो हो । यसअघि बागमतीको सभामुखमा पनि राप्रपाकै भुवन पाठक छन् ।  

गणतन्त्र र संघीयताविरुद्ध आन्दोलन गर्ने बताइरहेको राप्रपामा सोही संरचनाभित्र पदलोलुपता देखिन नहुने भन्दै पार्टीभित्रै यो निर्णयको विरोध भएको छ । पार्टीमा सरकारमा जानु हुने र नहुनेबीच दुई धार हुँदा कोशी प्रदेशमा सभामुख नियुक्त भएका अम्बरबहादुर विष्टलाई नियुक्तिको भोलिपल्टै आफ्नो पद निल्नु न ओकल्नु भएको छ । 

कोशीमा सभामुख नियुक्त भएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष राजेन्द्र लिङ्देन मलेसियामा थिए । उनी मंगलबार साँझ मात्रै नेपाल आएका हुन् ।

 

मंगलबार नै विष्ट सभामुख बनेपछि राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश सभाको सभामुखमा उम्मेदवारी दिएका अम्बर थापाको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् 

उनले पार्टीको आन्दोलनमा जाने निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै फिर्ता लिन आवश्यक कदम चाल्न कार्य समितिलाई निर्देशन दिएका हुन् । 

साउन १६ गतेबाट रिक्त रहेको कोशी प्रदेशको सभामुखमा सत्ता गठबन्धनले राप्रपालाई नै सभामुख दिने सहमति भए अनुसार दिएको गठबन्धन घटकको भनाइ छ । 

सहमतिअनुसार राप्रपाले सभामुख पद लिने भएपछि एमालेको समेत समर्थनमा विष्ट कोशीको सभामुख भएका छन् ।

गठबन्धन घटक दल नेकपा माओवादी केन्द्रका एक नेताले खबरहबसँग भने, ‘राजेन्द्रजीकै सहमति अनुसार नै हाम्रो समर्थनमा सभामुख नियुक्त गरिएको हो । यसमा उहाँको पार्टीमा दुई धार छ, पदको लोप गर्ने र नगर्ने ।’ 

यसबारे पार्टी अध्यक्ष राजेन्द्र लिङदेन भने पार्टीमा छलफल गरेर थप निर्णय लिने बताउँछन् । उनले खबरहबसँग भने, ‘आन्दोलनको कार्यक्रम घोषणा भएपछि मैले सरकारमा जानु भनेर कसैलाई भनेको छैन । राप्रपाले आन्दोलन पर्नुपूर्व नै यो निर्णय गरेको थियो । अब आन्दोलनको घोषणा भइसकेको छ । म मलेसियामा थिएँ, उहाँ सभामुख हुनुभएछ । यसबारे साथीहरूसँग छलफल गरेर उचित निर्णय लिन्छौँ ।’ 

उनले पार्टीमा छलफल गरेर फिर्ता बोलाउने कि रहन दिने टुङ्गो हुने बताए । 

यसैबीच, बागमतीमा राप्रपाबाट सभामुख बनेका भुवन पाठकलाई पनि हालसम्म पार्टीले फिर्ता बोलाएको छैन ।

पदको लोभ, सिद्धान्तको बर्खिलाप 

राप्रपाको सिद्धान्त राजतन्त्र फर्काउने र प्रदेशको संरचना खारेज गर्ने छ । उसले प्रदेशलाई नमान्ने तथा सरकारमा नजाने भनेर नीति लिएको छ । तर उसले आफूले बनाएको नीति र सिद्धान्त पदका लागि बेचिरहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाइ छ । 

उनले खबरहबसँग भने, ‘देशमा पदका लागि सबै मुसाजस्तै छन् । पार्टीको नीति सिद्धान्त एकातिर काम अर्कातिर छ ।’ 

राप्रपा विगतमा पार्टी सरकारमा गएकोप्रति राप्रपा केन्द्रीय सदस्य  रेखा थापाको पनि असहमति छ । उनले अमेरिकाबाटै फेसबुकमा लेखेकी छन्, ‘जानकारहरूले त भनेकै छन् ‘पुग्ने ठेगाना थाहा छ भने जुन बाटो हिँडे पनि हराइँदैन । पदको गौरवमा भुलेको मान्छे फर्केर आफ्नो ठेगाना खोज्न कहाँ आउँछ र ।’ 

राप्रपामा प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू सरकारमा नजाने र सरकारी पद नलिने पक्षमा छन् । तर यसबारे अध्यक्ष लिङदेन पार्टीमा छलफल गरेर उचित निर्णय लिने बताउँछन् ।

कोशीका सभामुख बनेका बिष्ट झापाका नेता हुन् । झापाका तीनजना राप्रपाका पिल्लरमध्ये विष्ट एक मानिन्छन् । दोस्रो राम थापा काङ्ग्रेससँगको सहकार्यमा दमक नगरपालिकाको मेयर छन् । तेस्रो पिल्लर राजेन्द्र लिङदेन आफैं हुन्, जो एमालेसँगको तालमेलमा झापाबाटै प्रतिनिधिसभा सदस्य छन् । 

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ५४ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ