बमजनको आश्रमबाट ४ बेपत्ता, निवासबाट ३ करोड बढी रुपैयाँ र १४ मोवाइल बरामद « Khabarhub

बमजनको आश्रमबाट ४ बेपत्ता, निवासबाट ३ करोड बढी रुपैयाँ र १४ मोवाइल बरामद


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामबहादुर बमजनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ ।

उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवत्ता नवराज अधिकारीले जानकारी दिए ।

अनुयायी बेपत्ता पारेको आरोप लागेका बमजनलाई हिजो साँझ सिआइबीले बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ गरेको थियो ।

बेपत्ता भएकामध्य बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला रहेका छन ।

बमजनको निवासबाट ३ करोड ३४ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख ९२ हजार ६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सिआइबीले जनाएको छ ।

त्यस्तै बमजनबाट प्रहरीले १४ थान मोबाइल, ५ थान आइप्याड र २० वटा पेन्ड्राइभ पनि बरामद गरेकोछ । बमजनले प्रयोग गर्ने २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।

बमजनमाथि थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ ।

यो पनि…

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ०६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र