नेप्सेको उकालो यात्रा कायमै « Khabarhub

नेप्सेको उकालो यात्रा कायमै


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अंकले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।

आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत् समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६३, जीवन बीमा समूह शून्य दशमलव २५ र निर्जीवन बीमा समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने बढेको छ । 

बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव १२, लघुवित्त समूह एक दशमलव ०२, म्युचुअल फन्ड समूह शून्य दशमलव ०३, व्यापार समूह शून्य दशमलव ०१ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ९५ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू ३२ करोड ७८ लाख ९१ हजार छ सय १३ बराबरको छ लाख ३४ हजार पाँच सय ९३ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : ४८ बजे

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा