राष्ट्रियसभा निर्वाचनमा एमालेले समाजवादीलाई पाखा लगाउन खोज्यो : माधव नेपाल « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा एमालेले समाजवादीलाई पाखा लगाउन खोज्यो : माधव नेपाल


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शून्यमा झार्ने प्रयास गरेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ल कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँड गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन् ।

प्रचण्डसँग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनले बताए । उनले एमालेको मति अझै सुध्रन नरहेको भन्दै कम्युनिष्टहरू मिलुन् मात्रै भनेर नहुने तर्क गरे । अध्यक्ष नेपालले अर्थतन्त्र सुधार लगायतका समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको बताए । उनले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम  गर्न सक्नुपर्ने धारणा राखे ।

उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने भन्दै यसप्रतिको आघात स्वीकार्य नहुने बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ३४ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु