एकवर्षे कार्यकाल उपलब्धिमूलक : मुख्यमन्त्री जमकट्टेल « Khabarhub

एकवर्षे कार्यकाल उपलब्धिमूलक : मुख्यमन्त्री जमकट्टेल


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मनहरि– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आफ्नो नेतृत्वको सरकारले धेरै सकारात्मक काम गरेको दाबी गर्दै आफ्नो एकवर्षे कार्यकाल कामका दृष्टिले उपलब्धिमूलक रहेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख कार्य सार्वजनिक गर्दै मुख्यमन्त्री जमकट्टेलले यस अवधिमा प्रदेश सरकार तथा कानुनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भई एक सय ३८ निर्णय गरिएको साथै प्रदेशसभासमक्ष पेस भएका सातवटा ऐन जारी भएको जानकारी दिए ।

प्रदेश सरकारलाई संस्थागत र सुदृढ बनाउनका लागि आवश्यक कानुन तथा नीतिहरू तर्जुमा गरिएको भन्दै मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारको दोस्रो आवधिक योजना तयारीको कार्य सुरु गरिएको जानकारी दिए । 

प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको उनले बताए ।

मुख्यमन्त्री जम्कट्टेलले सङ्घ, अन्तर प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहसँग सहकार्य र समन्वय गर्नेमा उल्लेखनीय प्रगति भएको बताउँदै प्रदेशभित्रका स्थानीय तहको क्षमता विकासका लागि सरकारले गरेको वित्तीय हस्तान्तरण, लगानी र सहयोगले स्थानीय शासन सुदृढीकरणमा योगदान पुगेको जनाए । 

नीतिगत, संस्थागत र कार्य प्रक्रियागत सुधारबाट सार्वजनिक सेवाप्रवाह जनमैत्री र शासन व्यवस्था जवाफदेही एवं पारदर्शी भई सुशासन कायम हुने अपेक्षा गरिएको उनको भनाइ थियो । 

सरकारले संविधान प्रदत्त अधिकारसम्बन्धी सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन प्रदेश निजामती सेवा ऐन स्वीकृत भई सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन भएको, सडक, खानेपानी, सिँचाइलगायत भौतिक पूर्वाधार विकास, प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना, प्रदेश उच्च शिक्षा परिषद् गठन, प्रदेश शिक्षा नीति निर्धारण, प्रदेश अस्पतालको स्तरोन्नति गरी विपन्न असहायका लागि निःशुल्करूपमा स्वास्थ्य सेवा र अस्पतालमा शय्यामार्फत स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको भन्दै मुख्यमन्त्रीले प्रदेशभित्र नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरी प्रदेश सरकारले स्थानीय भाषा संस्कृतिको संरक्षण र विकासमा महत्वपूर्ण योगदान गरेको बताए । 

एक वर्षको अवधिमा स्वीकृत नीति तथा कार्यक्रमअनुसार सार्वजनिक सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकासलगायत नागरिक सरोकारका हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री जमकट्टेलले बताए ।

सरकारले १३ क्षेत्रमा गरेका विभिन्न प्रमुख कार्य समेटिएको पुस्तकसमेत प्रकाशन गरेको छ । आजको कार्यक्रममा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आ–आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ३० बजे

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी