टर्की पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

टर्की पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्की पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) घर   भई हाल सोही जिल्ला (बर्दघाट सुस्ता पूर्व) देवचुली बस्ने २६ वर्षीय महेश तामाङ रहेका छन् ।

तामाङले रमेश थापा समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि टर्की पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४ लाख ५० हजार रुपैयाँ लाग्छ र टर्की पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी ५ लाख ५० हजार रुपैयाँ ठगी गरेकोमा वैदेशिक रोजगार विभागबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराउन भनी पत्राचार भएकोमा इलाका प्रहरी कार्यालय नवलपरासी (पूर्व)सँग समन्वय गरी महेश तामाङको खोजतलास गर्ने क्रममा मंगलबार नवलपरासी (पूर्व) देवचुली नगरपालिका- १७ बाट पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ५४ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ