उपकुलपति गयल भएपछि धरानका चिकित्सक फेरि आन्दोलित | Khabarhub Khabarhub

उपकुलपति गयल भएपछि धरानका चिकित्सक फेरि आन्दोलित

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि सुरु भयो गडबडी



सुनसरी- लामो समयदेखि रोकिएको पदोन्नतिको विषयमा पूर्वसहमति अनुसार प्रक्रिया अगाडि नबढेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाका चिकित्सकहरु बुधबारदेखि आन्दोलित भएका छन् । चिकित्सकको आन्दोलनले अस्पतालको सेवा प्रभावित बनेको छ ।

यसअघि आन्दोलनरत चिकित्सकहरुसँग भएको पूर्वसहमति कार्यान्वयनका लागि भन्दै बुधबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानानको कार्यकारिणी समितिको बैठक तोकिएको थियो । तर, कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की नै अनुपस्थित भएपछि बैठक बस्न सकेन ।

कार्यकाररिणी समितिको बैठक नबसेपछि पदोन्नति प्रक्रिया अगाडि बढ्न नसक्दा विपी प्रतिष्ठान फेरि अस्तव्यस्त बनेको हो । बुधबार चिकित्सक र शिक्षकहरु ड्युटी छाडेर उपकुलपति परिसरमा प्लेकार्ड बोकेर धर्ना बसे ।

पदोन्नति प्रक्रिया अगाडि नबढाएको भन्दै उनीहरु बुधबारदेखि नै पुनः आन्दोलित भएका हुन् । आन्दोलित हुनेहरुमा सिनियर रेजिडेण्ट, एसिस्टेण्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिश्नल प्रोफेसरहरु छन् ।

प्रतिष्ठानमा करिव सात बर्षदेखि चिकित्सकहरुको पदोन्नति रोकिएको छ । यसको विरोधमा १ सय ७७ जना शिक्षक तथा चिकित्सकहरुले गत असोज २५ गते स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामुहिक राजीनामा दिएका थिए ।

पदोन्नतिको आशमा रहेका चिकित्सक, शिक्षकहरु धोका भएको भन्दै आक्रोशित बनेका छन् ।

चिकित्सकहरुको सामुहिक राजीनामासँगै प्रतिष्ठानको सेवा प्रवाह अस्तव्यस्त भएपछि गत कात्तिक २० मा दुईपक्षीय सहमति भएको थियो । उक्त सहमति अनुसार पुस २ गतेदेखि सुरु गरेर १५ गतेसम्म पदोन्नतिका लागि आवश्यक प्रक्रिया पूरा गर्ने र लोक सेवा आयोग तथा स्वास्थ मन्त्रालयको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सक्ने भनिएको थियो ।

आन्दोलनरत शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमत खानले भने, ‘वीपी प्रतिष्ठानमा लामो समयदेखि चिकित्सक/ शिक्षकहरुको पदोन्नति नहुँदा प्रतिष्ठानलाई नै घाटा भइरहेको छ । आन्दोलन गरेपछि सहमति भयो तर त्यो समय सीमा कटिसकेको छ ।’

उनले थपे, ‘बैठक बसेर निर्णय गर्ने बेलामा कायम मुकायम उपकुलपति नै अनुपस्थित हुनु भनेको हामीलाई धोका दिनु हो ।’

प्रतिष्ठानका एक पदाधिकारीका अनुसार पूर्वसहमति अनुसार बुधबार कार्यकारिणी समितिको बैठक बस्ने भनेर समय तोकिएपछि रजिष्ट्रार सूर्य संग्रौलाले एजेण्डासहित तयारी गरेका थिए । अस्पताल निर्देशक प्रा.डा. जगतनारायण प्रसाद, शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालगायतका पदाधिकारीहरु उपकुलपतिको बैठक कक्षमा भेला भएका थिए । तर, उपकुलपतिले आफू विदामा गएको र नआएसम्म निमित्त उपकुलपतिको हैसियतमा दैनिक काम कारवाही सम्हाल्न भनेर शिक्षाध्यक्ष प्राडा शर्माको टेबलमा पत्र छाडेको पाइएको छ ।

यससँगै पदोन्नतिको आशमा रहेका चिकित्सक तथा शिक्षकहरु धोका भएको भन्दै आक्रोशित बनेका छन् । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले पछिल्लो समय लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीले समेत पदोन्नतिको पक्रिया अगाडि बढाउन अनुमति दिएको तर उपकुलपतिले प्रक्रिया अगाडि नबढाएको आरोप लगाएका छन् ।

समाजद्वारा जारी विज्ञप्तिमा पूर्वसहमति अनुसार पदोन्नतिका लागि अन्तर्वार्ता सुचारू नभएकाले पुनः आन्दोलित भएको जनाइएको छ ।  शिक्षक कल्याण समाजका अध्यक्ष डा खान र कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–

‘आन्तरिक बढुवासम्बन्धी विज्ञापनको अन्तर्वार्ताका विषयमा निर्णय गर्न ०८० पुस २५ गते बस्ने भनिएको कासको पूर्वनिर्धारित बैठकमा कामु उपकुलपतिज्यू अनुपस्थित भएबाट उहाँको नियतमाथि शंका पैदा भएको छ । तसर्थ तत्काल प्रतिष्ठानमा उपस्थित भई आज (बुधबार) साँझसम्म कासको बैठकबाट अन्तर्वार्ताको मिति सार्वजनिक नगरिएमा सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने छौं । यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको जिम्मेवार कामु उपकुलपति नै हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

समाजले पुस २६ गतेदेखि विगतमा झै ओपिडी, पठनपाठन र परीक्षा जस्ता सबै काम बहिष्कार गर्ने र जिम्मेवारी पाएको काम नगर्ने चेतावनी दिएको छ । पुस २८ गतेसम्म अन्तरवार्ताको तालिका प्रकाशन नभए २९ गतेदेखि इमर्जेन्सी, आईसीयू र एनआईसियूबाहेक सम्पूर्ण सेवा बहिस्कार गर्ने समाजले जनाएको छ ।

यसैवीच, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र महासचिव मुकेशकुमार साहले अर्को विज्ञप्ति जारी गर्दै कास बैठकले निर्णय नगरे तत्काल समाजको बैठक बसेर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रतिष्ठानमा कर्मचारीको हकमा १५ बर्षदेखि आन्तरिक बढुवा रोकिएको उनीहरुको भनाइ छ ।

कास बैठक बस्नुअघि नै विदा लिएको बारे सम्पर्क गर्न खोज्दा कामु उपकुलपति उपलब्ध हुन सकेनन् ।

चिकित्सक र कर्मचारीको पदोन्नतिका लागि प्रतिष्ठानले लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितिमा विज्ञापन खुलाउने र अन्तर्वाता लिनु पर्नेमा हालसम्म प्रतिष्ठानले कार्यविधि र कर्मचारीका लागि नयाँ नियमावलीसमेत बनाएको छैन ।

यसअघि भएका पदोन्नति र नियुक्तिहरु पुरानै नियमावली अनुसार गर्दै आए पनि लोकसेवा आयोगले आँखा चिम्लिँदै आएको थियो । पछिल्लो समय कामु उपकुलपति भएर प्रा.डा. कार्की आएपछि चिकित्सक र कर्मचारीको पदोन्नतिको विषयमा लोकसेवा आयोगसँग परामर्श लिएपछि विगत ६ महिनादेखि वीपी प्रतिष्ठानमा लफडा उत्पन्न भएको हो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५९ बजे

बाढी पहिराका कारण १९ राजमार्ग अवरुद्ध

काठमाडौं – भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय

दलित समुदायको सशक्तिकरणसम्बन्धी विधेयकमा छलफल सुरू

कर्णाली – कर्णाली प्रदेशसभामा ‘दलित समुदायको सशक्तिकरण तथा जीवनस्तर प्रवर्द्धनका

जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी – पहिराले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन