अफगानिस्तानमा आठ सय महिला जेलमा « Khabarhub

अफगानिस्तानमा आठ सय महिला जेलमा


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्यूजले जनाएको छ ।  

कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार अफगानिस्तानका कारागारहरूमा हाल  ८०० महिलासहित करिब १९ हजार कैदीहरू छन् । फरक-फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ । 

अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागारहरू नभएको राष्ट्रिय टिभी नेटवर्क आरटीएसँगको अन्तर्वार्तामा बताए । 

उनले जेलमा कैदीहरूलाई ‘यातना’ दिइने आरोपको खण्डन गरेका छन् । टोलो न्यूजका अनुसार त्यहाँ कुनै यातना वा अन्य प्रकारका दुर्व्यवहार नभएको दावी गरे । 

केही सैन्य र राजनीतिक विज्ञहरूले तालिबानलाई यस बीचमा बन्दीहरूलाई शैक्षिक निर्देशनहरू उपलब्ध गराउन सुरु गर्न आह्वान गरेका छन् ।

राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्वपूर्ण  भएको बताउँदै उनीहरूलाई विभिन्न सीपहरू पनि उपलब्ध गराउनु पर्ने  बताएको टोलो न्यूजले उल्लेख गरेको छ । 

तालिबानले सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेपछि महिला अधिकारको हनन नगरिने प्रतिबद्धताको  बाबजुद, उच्च शिक्षामा प्रतिबन्ध लगाउनु र समाजमा महिलाको भूमिका  सीमित गर्न तालिवान प्रशासनले लिएको गैर-जिम्मेवारपूर्ण कदम हो । 

अगस्ट २०२१ पछि तालिवान प्रशासनले छ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलाहरूलाई पुरुष संरक्षकसँग मात्र यात्रा गर्नुपर्ने कडा नियम लगाएको छ ।

तालिवानहरूले सौन्दर्य सैलूनहरू बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाए । पछिल्लो समय यस विषयमा अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टि उत्पन्न भएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : १६ बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा