आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण | Khabarhub Khabarhub

आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व बैंकले आर्थिक वर्ष २०२४-२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने  बैंकले जनाएको छ ।

औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ्न सक्ने प्रक्षेपण गरिएको हो । लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण पनि अहिलेको भन्दा सहज आर्थिक अवस्था हुने आकलन  गरिएको हो ।

अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार र लगानीको अवस्थाका कारण आर्थिक वृद्धिदर न्यून देखिने प्रक्षेपण गरिएको हो ।

मुद्रास्फीति र महँगो ब्याजदरका कारण पनि यसवर्ष उपभोक्ता तथा मौद्रिक बजारलाई असर गर्ने ठानिएको छ । 

विश्वको अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव चार प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । सन् २०२१ मा विश्व अर्थतन्त्र छ दशमलव दुई प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन प्रतिशत पुगेको थियो । सन् २०२३ मा दुई दशमलव चार प्रतिशतको विश्व आर्थिक वृद्धिदर अनुमान गरिएकामा आगामी वर्ष दुई दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ३२ बजे

सुनजस्तै पहेँलो देखिने वस्तुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो रंगको वस्तु सहित

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं- विदेशी चिकित्सकको सहयोगबिनै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दोस्रो सफल

रौतहटमा ४ किलो गाँजासहित एक जना पक्राउ

रौतहट- रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४

छोरी जन्मेपछि अस्पतालबाटै आमा फरार, अस्पताल भन्छ- सासू रिसाइन्

वीरगञ्ज- वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी

के छ राजनीतिक दल सम्बन्धी संशोधन विधेयकमा ?

काठमाडौं – प्रतिनिधिसभामा ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’