उत्पादकत्व वृद्धि सरकारको पहिलो प्राथमिकता हो : कृषि मन्त्री « Khabarhub

उत्पादकत्व वृद्धि सरकारको पहिलो प्राथमिकता हो : कृषि मन्त्री


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भूसालले कृषि क्षेत्रको पहिलो प्राथमिकता कृषि उपजको उत्पादन वृद्धि भएको बताएका छन् ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ माथिको छलफलमा उहाँले आयत प्रतिस्थापन गर्न उत्पादन वृद्धि नै एकमात्र विकल्प भएको बताए । उनले भने, “बाँझो जमीनमा खेती र आकासे पानीमा निर्भर जमिनमा सिँचाइ विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ । यसका मध्यमबाट उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन सकिन्छ ।”

समयमै रासायनिक मल आपूर्ति हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष चार प्रतिशत अर्थात दुई लाख ३७ हजार मेट्रिक टन धानको उत्पादन वृद्धि भएको उनले जानकारी दिए । मन्त्री भुसालले हामीले खाने खानाको ६७ प्रतिशत स्रोत धान भएकाले धान उत्पादनको महत्व महत् रहेको बताए ।

मुलुकमा हाल ३० लाख ९१ हजार हेक्टर जग्गामा खेती हुँदै आएकामा १४ लाख ७७ हजार हेक्टरमा धानखेती भएको बताए । धानखेतीको ६८ प्रतिशत हिस्सा तराई मधेशमा हुँदैआएको छ । देशभर १७ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना खेती हुने गरेको छ ।

मुलुकमा धानको उत्पादनलाई वृद्धि गर्न यसै वर्षदेखि चैते धानको रोपाई १७ हजार हेक्टरसम्म विस्तार गरिने बताउँदै कृषि मन्त्रीले त्यसका लागि कृषकलाई प्रोत्साहन गर्न सिँचाई, मल,बीउ, औजारमा अनुदान बढाउने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भने पनि लगानी त्यस अनुरुपका बजेट विनियोजन र लगानी वृद्धि नगरेको तथा उत्पादन बढाउन ठोस कार्य योजना नबनाएको गुनासो समिति सदस्यले गरेका थिए ।

उनीहरुले बजेट विनियोजन हेर्दा सरकारको नियतप्रति प्रश्न गर्ने धेरै ठाउँ रहेको जनाउँदै निर्यात गर्ने वस्तु उत्पादन कार्ययोजना बनाई कार्यान्वयन नगरेसम्म व्यापार सन्तुलन र समृद्धि प्राप्त गर्न चुनौती हुने बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : १५ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति